६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मंगलबार कोरोना संक्रमणबाट आठ जनाको निधन


४ कार्तिक २०७७, मंगलबार  

0
Shares

फाइल तस्विर

४ कात्तिक ०७७, काठमाडौं । मंगलबार कोरोना भाइरसबाट संक्रमित आज आठ जनाको निधन भएको छ । स्वास्थ्य जथा जनसंख्या मन्त्रालयमा मंगलबार साँझ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले अहिलेसम्म ७ सय ६५ जनाको संक्रमणको कारणले निधन भएको जानकारी दिएका छन् ।
काठमाडौँ उपत्यकामा एक हजार ७ सय २ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंँमा एक हजार ४ सय ३१ , भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ जनालाई संक्रमण देखिएको हो।
देशभरि कोरोना भाइरसको संक्रमण तीन हजार ९३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षणका क्रममा तीन हजार ९३ जनामा संक्रमण छ । तीमध्ये एक हजार १ सय ७४ महिला र एक हजार ९१९ पुरुष छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले आज देखिएका संक्रमितसंँगै देशभरि कुल संक्रमित एक लाख ३९ हजार १ सय २९ र सक्रिय संक्रमित ४१ हजार ७ सय ७५ जना रहेको जानकारी दिए । यस्तै देशभरका संस्थागत आइसोलेशनमा १३ हजार ५५९, होम आइसोलेशनमा २८ हजार १ सय ८६ र क्वारेन्टिनमा चार हजार २ सय ० जना छन् । आजसम्म १३ लाख १४ जनाको ७ सय ७९ पिसिआर परीक्षण गरिएको छ ।
डा गौतमका अनुसार आज दुई हजार १ सय ८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म ९६ हजार ६ सय ९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ । उहाँले अहिलेसम्म ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिए । प्रदेश नंं १ मा १६, प्रदेश नंं २ मा एक, वाग्मती प्रदेशमा ४९, गण्डकीमा चार, लुम्बिनीमा पाँच र सुदूररपश्चिम प्रदेशमा तीन जना छन् ।
देशभर २ सय ७३ जनालाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । सोअनुसार प्रदेश नं १ मा ३०, प्रदेश नंं २ मा १०, वागमतीमा १ सय ५०, गण्डकीमा २०, लुम्बिनीमा ४८, कर्णालीमा सात र सूदूरपश्चिम प्रदेशमा आठ जना छन् ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेत छन् । यस्तै संक्रमित शून्य रहेका जिल्लामा मुस्ताङ छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : ५६ बजे