६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर शनिबार दुई हजार ८ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि


९ कार्तिक २०७७, आइतबार  

0
Shares

९ कात्तिक ०७७, काठमाडौं । गएको २४ घण्टामा देशभर दुई हजार ८ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाह्र हजार ३ सय ११ नमूना परीक्षण गर्दा एक हजार ७ सय ८९ पुरुष र एक हजार ६७ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ९ सय ६ पुरुष र ६ सय २९ महिला गरी एक हजार ५ सय ३५ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ५८ हजार ८० पुगेको छ । प्रदेश नं १ मा ५ सय ३९, प्रदेश नं २ मा ५९, वाग्मतीमा एक हजार ८ सय ४९, गण्डकीमा १ सय ७८, लुम्बिनीमा १ सय ४६, कर्णालीमा नौ र सुदूपश्चिम प्रदेशमा ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पैँतालीस हजार ५ सय ७२ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ सय ७७ को सघन उपचार कक्ष र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बितेको २४ घण्टामा तीन हजार ३ सय ३६ कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख ११ हजार ६ सय ७० पुगेको छ जुन कुल सङ्क्रमितको ७०.६ प्रतिशत हो ।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी –बर्दघाट सुस्तापूर्व),  दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा छैनन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ सय ४७ पुगेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ५ : ३९ बजे