६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाँदरलाई गोली हान्दा लागेर बृद्धको मृत्यु


१० कार्तिक २०७७, सोमबार  

0
Shares


१० कात्तिक ०७७, प्युठान । प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा आज एक वृद्धको मृत्यु भएको छ ।
घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले आज बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले नातामा काका पर्ने दलबहादुरलाई लागेको थियो ।
बन्दुक प्रहारकर्ता हेमलाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ८ : १८ बजे