६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हिउ छैन माछापुच्छे«मा


१५ कार्तिक २०७७, शनिबार  

0
Shares


१५ कात्तिक ०७७, पोखरा । त्यसै त लोभलाग्दो पोखरा, त्यसमा पनि खुलेको मौसम । माछापुच्छ«े अन्नपूर्ण हिमश्रृङ्खलाले सबैलाई मोहित बनाउँछ । कोरोना जोखिमका कारण पोखराको यो सौन्दर्य हेर्न धेरै देशीविदेशी पर्यटक वञ्चित भएका छन् तर यतिबेला हिमालको चकममा पनि कमी आएको महशुस गरिएको छ ।
आजभोलि पोखरेलीका सामाजिक सञ्जाल फेसबुक पेज माछापुच्छ«े हिमालका तस्बिरले रङ्गिएका देखिन्छन् । तस्बिरसँगै धेरैले हिउँ नभएको हिमाल भन्दै चिन्ता व्यक्त गरेका छन् । यतिबेला माछापुच्छ«े हिमाल हिमाल जस्तो देखिएको छैन । हिउँ नभएर कालापत्थर जस्तो देखिँदा हिमालप्रेमीलाई चिन्तित बनाउनु स्वाभाविक हो ।
बिहान उठ्ने बित्तिकै मुस्कुराइरहेको माछापुच्छ«े देखिँदा दिनभर नै ऊर्जा मिल्ने अनुभवसहित जीवनका सात दशक बिताइसकेकापोखराका अग्रज साहित्यकार एवं फोटो पत्रकार विश्व शाक्य अहिलेजस्तो माछापुच्छ«ेको उराठलाग्दो रुप कहिल्यै नदेखेको बताउछन् । “मैले यो उमेरसम्म यस्तो अवस्थाको माछापुच्छ«े देखेको थिइनँ । हिउँदको समयमा माछापुच्छ«ेमा छपक्क हिउँ त हुँदैन तर अहिले यस्तो कालो त यसअघि कहिल्यै देखिएको थिएन, घरको छतबाट हेर्दा कालापत्थरको चुच्चो जस्तो देख्छु ।”
शाक्यका अनुसार ४० को दशकबाट पोखराको न्यूरोडमा घरहरु बन्न शुरु गरेका हुन् । त्यसअघि जङ्गल र कोदोबारी थियो । अहिले विकासको नाममा सबै विनास भएको छ । खरका छाना फालेर टिन राख्न थालियो । टिन फालेर सिमेन्टका घर बन्न थाले । तापक्रम बढ्दै गयो । त्यसको प्रत्यक्ष असर हिमालमा पनि देखिँदै गएको उहाँको ठम्याइ छ ।
भूगोलका विद्यार्थी शाक्यले भने, “यसअघि हिउँदमा पनि हिमालमा चिस्यान हुन्थ्यो र हिउँ नै नभए पनि माछापुच्छ«ेको स्वरुप यति बिरुप अहिलेसम्म देखिएको थिएन ।”
भूगोलका अनुसन्धानकर्ता भानु पराजुली माछापुच्छे« हिमालको दक्षिणतिरको भू–भाग भिरालो भएकाले हिउँ परे पनि अडिने ठाउँ नभएको बताउछन्, यद्यपी विगत वर्षमा भन्दा यो वर्ष हिउँ कम भएको उनी स्वीर्काछन् । “भिरालो भएकाले लपक्कै हिउँ कहिल्यै पनि देखिएन, तर अहिले अलि बढी नै कालो देखिएको सत्य हो ।”
अहिले उद्योग कलकारखाना बन्द छन् । वातावरणमा प्रत्यक्ष असर पार्ने ग्याँस उत्पादन भएको छैन, प्रदूषण कम छ, मौसम पनि राम्रो छ । यो वर्ष निरन्तर पानी परेका कारणले हिमालमा हिउँ जम्न पाएन, जसका कारण हिमाल हिउँबिहीन देखिएको उनको बुझाइ छ ।
संस्कृतीकर्मी तीर्थ श्रेष्ठले माछापुच्छ«े तुलनात्मक रुपमा पहिलैदेखि नै कम हिउँ पर्ने हिमाल भएको बताउछन् । “माछापुच्छ«ेको उचाइ ६९९३ मात्र छ, यसको स्वरुप पनि अलि भिरालो छ, यो समयमा माछापुच्छ«े केही छिर्केमिर्के देखिन्थ्यो, अहिले पानी नपरेकाले अलि बढी कालो देखिएको हो ।” उनले भने, “पोखराको गहनाको रुपमा रहेको माछापुच्छ«े पानी परेपछि फेरी खुलेर मुस्कुराउने छ र हामी रमाउँने छौ ।”
पोखरा पत्रकार कृष्णमणि बराल पनि अहिले सामाजिक सञ्जालमा माछापुच्छ«ेमा हिउँ छैन भनेर प्रचार गरिएपनि यसअघिका वर्षमा पनि यो समयमा माछापुच्छ«ेमा बाक्लो हिउँ नहुने बताउछन् । “मैले लामो समय माछापुच्छ«ेको फोटो खिच्दै आएको छु, अहिले पानी नपरेका कारणले हिमाल हिमाल जस्तो देखिएको छैन, यसको अन्य पाटोको बारेमा विज्ञबाट अनुसन्धान होला तर मैले देखेको हिमाल यो समयमा सधै उस्तै हो ।”

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ९ : १९ बजे