
२५ कात्तिक ०७७, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बुत्रबार २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमित फेला परेपछि २ लाख संक्रमितको संख्या नागेको हो । मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।
अहिलेसम्म नेपालमा १ हजार १ सय ७४ जनाको मृत्यु भएको छ । तिमध्ये १ लाख ६२ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय कोरोना संक्रमितको संख्या भने ३८ हजार ९१२पुगिसकेको छ । तीमध्ये २८ हजार ३ सय ९३ जना होम आइसोलेसनमा छन् भने देशभरका अस्पतालहरुमा ३ सय ८२ जनाको आईसीयू र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।







प्रतिक्रिया