१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फेसबुकबाट वालवालिकालाई अश्लिन सन्देश पठाउने युवक पक्राउ


२७ कार्तिक २०७७, बिहिबार  

0
Shares

akhil nepali
२७ कात्तिक ०७७, काठमाडौं । फेसबुकमा नक्कली अकाउण्ट बनाई बालिकाहरूलाई अश्लिल सन्देश तथा तस्विर पठाउने सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी गाउँपालिका ४ बस्ने २० वर्षीय अखिल नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अखिलले बालिकाहरूको बारेमा यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने र हैरानी दिने कार्य गरी विद्युतीय कारोबार ऐन बमोजिमको कसुर गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका २७ बाट नेपालीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ७ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।