६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तिहारमा घट्यो कोरोना संक्रमण


३० कार्तिक २०७७, आइतबार  

0
Shares


३० कात्तिक ०७७, काठमाडौं । हिन्दुहरुको महान चाड तिहारमा कोरोना संक्रमणको संख्या कमी आएको छ । गएको २४ घण्टामा छ हजार ४ सय ७६ जनामा परीक्षण गर्दा थप एक हजार ४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या दुई लाख ९ हजार ७ सय ७६ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार ७ सय ९८ रहेको छ भने हालसम्म संक्रमणमुक्त हुनेको कुल सङ्ख्या एक लाख ७३ हजार ४ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा छ सय ३२, रुपन्देहीमा ९१, ललितपुरमा १३३, दाङमा ६४, नुवाकोटमा ४४, भक्तपुरमा ४२, चितवनमा ३६, कैलालीमा ३३, कास्कीमा ३९ र मोरङमा ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
सुनसरीका २६, बाँकेमा २८, झापा, गुल्मी र पाल्पामा २२÷२२, कपिलवस्तुमा १७, नवलपरासीमा १६, सोलुखुम्बुमा १३, प्युठानमा १०, धादिङमा नौ, ताप्लेजुङ र नवलपरासी पूर्वमा आठ÷आठ, तेह्रथुममा सात र धनकुटा, तनहुँ, बर्दिया, दैलेख, कञ्चनपुर, बझाङ र बैतडीमा छ जनामा संक्रमण पुष्टि भएको छ ।
खोटाङ, गोरखा, सप्तरी, काभ्रे, सिन्धुली र अर्घाखाँचीमा चार÷चार, सिराहा, इलाम, दोलखा र मकवानपुरमा पाँच÷पाँच, बारा, रसुवा, स्याङ्जा र अछाममा तीन÷तीन जना, भोजपुर, संखुवासभा, रौतहट, सर्लाही, लमजुङ, बागलुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत र डडेल्धुरामा दुई÷दुई र उदयपुर र ओखलढुंगा, धनुषा महोत्तरी, सल्यान र हुम्लामा एक÷एक जनामा संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ७ : ५२ बजे