६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मौसम बुलेटिन ः ठाँउ ठाँउमा चटयाङ्गसहित बर्षा र हिमपात हुने


१ मंसिर २०७७, सोमबार  

0
Shares


१ मंसिर ०७७, काठमाडौं । अहिले नेपालमा बाग्मती प्रदेश र पश्चिमका प्रदेशहरुमा पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भइरहेको मौसम विज्ञान तथा पुर्वानुमान महाशाखाले जानएको छ ।
देशको पश्चिमी भेगको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा र हिमपात भईरहेको छ ।
प्रदेश नं १ को पहाडी भु –भागमा आंशिक बदली हुनुका साथै बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम विज्ञान विभागका अनुसार सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातीमा पनि देशभर आंशिक बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशको १–२ स्थानहरु लगायत गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मंगलबार भने देशको पहाडी भू–भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने संभावना रहेको छ भने बांकी भु–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले प्रकाति गरेको ३ दिने पुर्वानुमान रिर्पोट अनुसार बुधबार सम्मै मध्यमदेखि हल्का बर्षा,चट्याङ्ग र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

 

 

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ३ : ०४ बजे