६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर एक हजार ७ सय ९० जनामा कोरोना पुष्टि


९ मंसिर २०७७, मंगलबार  

0
Shares


९ मंसिर ०७७, काठमाडौं । मंगलबार देशभर एक हजार ७ सय ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा एक हजार ६९ पुरुष र ७ सय २१ महिला छन् । यो संख्यासँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख २४ हजार ७८ पुगेको छ । थप १० हजार ८ सय ४३ को पिसिआर परीक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख चार हजार ५८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७ सय ९१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ८ सय ५९ सक्रिय सङ्क्रमित छन् ।
कोरोनाबाट थप २४ जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युको सङ्ख्या एक हजार ३ सय ६१ पुगेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ६ : २६ बजे