६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना खोप प्रमाणित हुनेबित्तिकै नेपालीले पाउँछन् ः मन्त्री ढकाल


९ मंसिर २०७७, मंगलबार  

0
Shares


९ मंसिर ०७७, काठमाडौं Z। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोरोना विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने बताएका छन् । यही मङ्सिर ३ गतेदेखि आजसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्व प्रतिजैविक सचेतना सप्ताह’को समापन गर्दै मन्त्री ढकालले कोरोना विरुद्धको खोपको परीक्षण भइरहेको र खोप सफल परीक्षण भई प्रमाणित हुनेबित्तिकै नेपाली नागरिकले पाउने बताउका हुन् । मन्त्री ढकालले कोरोनाको रोकथाम र नियन्त्रण गर्न दृढ भएर लागेको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक भएको औल्याए ।
केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा कोरोना विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायत व्यवस्था गर्नका लागि औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।
सप्ताहका अवसरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा नेशनल स्कूल अफ साइन्सकी कक्षा ११ मा अध्ययनरत राजकी अर्याल प्रथम, होप इन्टरनेशनल कलेजमा स्नातक तह अध्ययनरत स्वस्तिका सापकोटा द्वितीय र ललितकला क्याम्पसकी स्नातक तहमा अध्ययनरत विनिता खड्काले तृतीय भएका थिए । मन्त्री ढकालले विजय विद्यार्थीलाई नगद र प्रमाणपत्र प्रदान गरका छन् । अठ्ठाइस सहभागीमध्येबाट २४ जनाको कला छनोट गरिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ७ : ५४ बजे