६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शनिबार एक हजार ३ सय ८० कोरोना सङ्क्रमित


१३ मंसिर २०७७, शनिबार  

0
Shares


१३ मंसिर ०७७, ललितपुर । नेपालमा गएको २४ घण्टामा एक हजार ३ सय ८० नयाँ सङ्क्रमित थपिएका छन् । नौ हजार ३ सय ६८ नमूना परीक्षण गर्दा ८ सय ३४ पुरुष र ५ सय ४६ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ६० पुरुष र २ सय ८५ महिला गरी ६ सय ४५ सङ्क्रमित थपिएका छन् ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ३० हजार ७ सय २३ पुगेको छ । सङ्क्रमितमध्ये दुई लाख ११ हजार १ सय ८६ सङ्क्रमणमुक्त भएका छन् । जुन ९१.५ प्रतिशत हो । आज ५ सय १५ जना कोरोनामुक्त भएका छन् । १८ हजार ८३ सक्रिय सङ्क्रमितमध्ये १२ हजार ५ सय ४६ होम आइसोलेनसमा रहेका छन् भने ३ सय २५ आइसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत छन् ।
काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मनाङ र डोल्पामा सङ्क्रमित छैनन् । बितेको २४ घण्टामा कोरोना सङ्क्रमणबाट १९ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ४ सय ५४ पुगेको छ ।
प्रदेश नं १ मा १ सय ९५, प्रदेश नं २ मा ३७, वाग्मतीमा ७ सय ४७, गण्डकीमा २ सय २१, लुम्बिनीमा १ सय ७१, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा आठ जनामा सङ्क्रमण देखिएको छ ।

 

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ७ : ३२ बजे