६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज ३ सय ३ सक्रिय सङ्क्रमितको संख्यामा कमी


१९ मंसिर २०७७, शुक्रबार  

0
Shares


१९ मङ्सिर ०७७, काठमाडौँ (रासस) ः देशभरमा बिहीबारभन्दा आज ३ सय ३ सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार २ सय ७२ जना सङ्क्रमित हुँदा एक हजार ५ सय ७५ जना सङ्क्रमण मुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको हो ।
थपिएका सङ्क्रमितमध्ये पुरुष ७ सय ८८ र महिला ४ सय ८४ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय सङ्क्रमणमुक्त भएका एक हजार ५ सय ७५ समेत गरी आजसम्म दुई लाख २१ हजार ८ सय ४७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिले निको हुने दर ९२ दशमलव नौ प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार १४ रहेको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।
काठमाडौँ उपत्यकामा आज ६ सय ६ सङ्क्रमित थप भएका छन् । जसमध्ये ३ सय ५९ पुरुष र २ सय ४७ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा पाँच हजार ९ सय ९६, ललितपुर एक हजार २ सय ५५ र भक्तपुरका ५ सय ४० सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी आठ हजार ३१ नमूना परीक्षण भएको थियो । हालसम्म १७ लाख ७१ हजार ९ सय ५० नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ६० हजार ७ सय २१ परीक्षण भएको बताइएको छ । हालसम्म पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।
सक्रिय सङ्क्रमितमध्ये हाल १० हजार ३ सय ९४ होम आइसोलेसनमा छन् । प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या प्रदेश १ मा एक हजार ७ सय ७५, प्रदेश २ मा २ सय ४२, वाग्मती प्रदेश पाँच हजार ९ सय ७४, गण्डकी प्रदेश ४ सय ५९, लुम्बिनी प्रदेश एक हजार ३ सय २, कणार्ली प्रदेश ८४ र सुदुर पश्चिम प्रदेशमा ५ सय ५८ रहेको छ ।
देशभर आजसम्म ३ सय २८ सङ्क्रमित आईसीयूमा रहेका छन् । प्रदेश १ मा २६, प्रदेश २ मा आठ, वाग्मती प्रदेशमा १ सय २२, गण्डकी प्रदेशमा ८१ र लुम्बिनी प्रदेशमा ७५, कर्णाली प्रदेशमा नौ र सुदुर पश्चिम प्रदेशमा सात सङ्क्रमित आईसीयूमा रहेका छन् । प्रदेश १ मा आठ, प्रदेश २ मा एक, वाग्मती प्रदेशमा ३१, गण्डकी प्रदेश नौ र लुम्बिनी प्रदेश तीन र सुदूर पश्चिममा दुई गरी जम्मा ५४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।
छ जिल्लामा ५ सय बढी सङ्क्रमित

आजसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा सङ्क्रमित ५ सयबढी छन् भने मनाङ र डोल्पामा शून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा झापा, मोरङ, ललितपुर, काठमाडौँ, भक्तपुर, र कास्की रहेका छन् । पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १६ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५ सय ६७ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव सात प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ५३ दशमलव सात हो ।

 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : ३३ बजे