६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज कोरोनाबाट १५ को मृत्यु


२७ मंसिर २०७७, शनिबार  

0
Shares

फाइल तस्विर

२७ मंसिर ०७७, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसबाट एक हजार ६ सय ८९ को मृत्यु भएको छ । बितेको २४ घण्टामा पाँच हजार २ सय ४२ नमूना परीक्षण गर्दा ३ सय ५२ महिला र ५ सय ४७ पुरुष गरी ८ सय ९९ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ३ सय ५९ जना कोरोनामुक्त भएका छन् । कुल सङ्क्रमिमध्ये दुई लाख ३४ हजार २ सय ३१ कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुने दर ९४.६ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ६ : २० बजे