६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वालुवाटारमा नेकपा स्थायी कमिटी बैठक शुरु


१ पुस २०७७, बुधबार  

0
Shares

फाइल तस्विर

१ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी भएको प्रेस सल्लाहकार थापाले बताए । आज (बुधबार) अपराह्न १ बजे बस्ने भनिएको बैठक तीन घण्टा ढिलो बस्न थालेको हो । आजै बिहान पार्टीभित्रको विवाद समाधानलगायत विषयमा अध्यक्षद्वय ओली र  पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । प्रधानमन्त्री र अध्यक्ष दाहालबीच भएको छलफलपछि मात्र बैठक बस्न थालेको हो ।

यसअघि गत मङ्सिर २८ गते बसेको स्थायी कमिटी बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रकट गर्दै स्थगन भई आजका लागि डाकिएको थियो ।

 

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ४ : ४७ बजे