६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आन्दोलित उखु किसानले भुक्तानी पाउने


२ पुस २०७७, बिहिबार  

0
Shares

काठमाडौंमा आन्दोलनमा सहभागीहरु फाइल तस्विर ः ललितपुर खबर

२ पुस ०७७, काठमाडौं । राजधानी मा आन्दोलनरत उखु सिसानले भुक्तानी पाउने भएका छन् । उखु किसानले भुक्तानीका लािग आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले यही पुस ३ गतेदेखि भुक्तानी दिन शुरु गर्ने भएको छ । यस उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ ।
सो मिल्सले आज (विहीबार)जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये रु २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । सो भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ ।

 

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ९ : ४१ बजे