६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपा अध्यक्ष ओलीलाई कारवाही, नयाँ अध्यक्ष नेपाल


७ पुस २०७७, मंगलबार  

0
Shares

 

७ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी नेता माधवकुमार नेपाललाई सर्वसम्मत ढङ्गले पार्टी अध्यक्षमा चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अध्यक्षतामा आज(मंगलबार) बसेको बैठकले पूर्वप्रधानमन्त्री नेपाललाई अध्यक्षमा चयन गरेको हो ।

राजधानीमा बसेको प्रचण्ड नेपाल पक्षको नेकपाको केन्द्रिय सदस्यहरुको बैठकमा सहभागीहरु ।

पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको ठहर गर्दै बैठकले पार्टी अन्तरिम विधानानुसार अनुशासनको कारबाही गरी उहाँलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

राजधानीमा बसेको प्रचण्ड नेपाल पक्षको नेकपाको केन्द्रिय सदस्यहरुको बैठकपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीलाई कारवाही गरेको जानकारी दिदै नेता नारायणकाजी श्रेष्ठ । तस्विरहरु : ललितपुर खबर

बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीका रिक्त सदस्यमा मनोनयन गर्ने कमिटीकै प्रस्तावलाई सर्वमम्मतिले अनुमोदन गरेको छ । बैठकले पार्टीका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीलाई यसअघि गरिएको अनुशासनको कारबाहीबाट फुकुवा गरी पूर्ववत् जिम्मेवारी दिने निर्णय पनि गरेको उनले जानकारी दिए ।
बैठकले फुटवादी क्रियाकलापका विरुद्ध तथा पार्टी एकताका पक्षमा अपिल गर्दै विभिन्न प्रस्तावसमेत पारित गरेको छ । सबै नेताकार्यकर्तालाई एकीकृत पार्टीका पक्षमा एकताबद्ध भएर अघि बढ्न बैठकले अपिल गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री ओलीको सिफारिशअनुसार राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विघटनको घोषणालाई अस्वीकार गर्ने निर्णय गरेको छ । बैठकले अविलम्ब संसद् बैठक आह्वान गर्न र संसद्को नियमित कार्य सञ्चालन गर्न पनि माग गरेको छ । केन्द्रीय कमिटीको अर्को बैठक बिहीबार बिहान ११ः३० बजे कार्की ब्याङ्क्वेटमै बस्नेछ । बैठकमा नेकपाका कुल ४ सय सय ४१ केन्द्रीय सदस्यमध्ये ३१५ को उपस्थिति रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
नेकपा फुटेको छैनः प्रवक्ता
सञ्चारकर्मीका जिज्ञासामा प्रवक्ता श्रेष्ठले नेकपा विभाजन नभएको बताए । “नेकपा फुटेको छैन, नेकपा एकीकृत र एकताबद्धरुपमा छ”, उहाँले भन्नुभयो, उहाँले आफू कसैको, कुनै व्यक्ति र गुटको प्रवक्ता नभई नेकपाको प्रवक्ता भएको दावी गरे ।
“बैठकले मलाई थप उत्साहित ढङ्गबाट प्रवक्ताको जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ”, उले भने ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ८ : २२ बजे