६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


९ पुस २०७७, बिहिबार  

0
Shares

९ पुस, ०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।


यान्छीले बिहीबार बिहान खुमलटारस्थित दाहाल निवासमा भेटवार्ता गरेकी हुन् । भेटमा नेकपा विवाद, फुटको अवस्थाका विषयमा चिनको चासो दाहाल समक्ष यान्छीले राखेको बताइएको छ । दाहालले भने आफु नेपालमा एउटै कम्युनिष्ट पार्टी होस् भन्ने पक्षमा भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीका कारण विभाजनको अवस्थामा पुगेको बताएका छन् । नेकपामा विवाद चुलिएको समयमा यसअघि पनि यान्छीले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, माधव नेपालसँग भेट गरेकी थिइन् ।
उनले राजदूतले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शीतल निवासमा भेट गरेकी थिइन् ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  १२ : ०५ बजे