६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दाहाल–नेपाल समूहले आधिकारिकताका लागि आयोगमा बुझायो ज्ञापनपत्र


१० पुस २०७७, शुक्रबार  

0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल दुई तिहाई बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहित निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै । तस्बिरः बिना मगरको फेसबुकबाट

१० पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिता र चुुनाव चिह्न दाबी गर्दै ज्ञापनपत्र बुुझाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत नेता आयोग पुगी प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियालाई शुक्रबार ज्ञापनपत्र बुुझाएको हो ।

सो अवसरमा अध्यक्ष दाहालले नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये दुुई तिहाइ अर्थात् २९५ जनाको दस्तखत आफ्ना पक्षमा रहेको जिकिर गर्दै दलको आधिकारिता र चुुनाव चिह्न आफूूले पाउनुपर्ने माग गरे। उनले भने, ‘संविधानको मर्म, ऐन र नियमको यहाँहरुलाई राम्रो ज्ञान छ, हामीलाई भरोसा र विश्वास छ, आयोग हाम्रो संवैधानिक व्यवस्थाअनुुसार नै आधिकारिकता, चुुनाव चिह्न र नामावलीबारे निर्णयमा पुुग्नेछ ।’

अर्का अध्यक्ष नेपालले पार्टीको आधिकारिकता र चुुनाव चिह्नबारे कानूून र विवेकसम्मत ढङ्गबाट निर्णयमा पुुग्न आयोगलाई सुुझाव दिए ।  सो अवसरमा प्रमुख आयुक्त थपलियाले संविधान र निर्वाचनसम्वन्धी कानूनमा व्यवस्था भएअनुुरुप विवाद निरुपणको प्रक्रिया प्रारम्भ हुने जानकारी दिए ।
समूहका वरिष्ठ नेता झलनाथ खनाल, भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, योगेशकुमार भट्टराई, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, अष्टलक्ष्मी शाक्यलगायत नेता आयोग पुगेका थिए ।

 

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ३ : २१ बजे