१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्रिपरिषद हेरफेर र विस्तार


१० पुस २०७७, शुक्रबार  

0
Shares


राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार साँझ नवनियुक्त मन्त्रीहरु शपथ ग्रहणपछि । साथमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत । तस्वीरःरासस

१० पुस ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्। प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। रिक्त रहेको मन्त्रालयमा आज प्रधानमन्त्री ओलीले मन्त्री थप गरेका हुन्।
टोपबहादुर रायमाझीलाई उर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई शहरी विकास र प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै गणेश ठगुन्र्ना सामान्य प्रशासन, गौरी शंकर चौधरी श्रममन्त्री, र दावा लामा युवा तथा खेलकुदमन्त्री भएका छन् । यस्तै जुली कुमारी महतोलाई महिला वालवालिका मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तै विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड मन्त्रिपरिषदबाट बाहिरिएका छन् ।
नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएका छन्।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ८ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।