६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकता जोगाउन प्रचण्डसँग पटक–पटक सहमति गरें : प्रधानमन्त्री


१५ पुस २०७७, बुधबार  

0
Shares

काठमाडौँको बबरमहलस्थित पाटी प्यालेसमा बुधबार आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री केपी शर्मा ओली अभिवादन गर्दै । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

१५ पुस ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धुँदाधुँदा डल्लाका डल्ला साबुन र ट्यांकीका ट्यांकी पानी खर्च भएको टिप्पणी गरेका छन् । ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘साबुन लायो, पखाल्यो जस्तोको तस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।’

आफूले पटक–पटक सम्झाउने प्रयास गरे पनि प्रचण्डले जालझेल र तिकडम गरिराखेको उनको आरोप थियो । त्यस्तै प्रधानमन्त्री ओलीले पार्टीलाई एकढिक्का राख्न अनेकौँ त्याग गर्दा पनि अर्को पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाए । प्रधानमन्त्री ओलीले भने, ‘मैले शान्ति, स्थायित्व, संविधान र स्थिरताका लागि एकता गरेको थिएँ । एकतालाई जोगाउन मैले प्रचण्डसँग पटक–पटक सहमति गरेँ । प्रचण्डसँग सहमति गर्दा मेरो एउटा ब्रिफकेस नै भरिएको छ । तर, वहाँले सहमति कार्यान्वयन गर्नुभएन ।’
आफूले मित्रताले अंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उनको आरोप छ । ‘षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको भन्दै उनले भने, ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा ।’

ओलीले अग्रगमन र गतिको डुंगा अगाडि बढेको बताए । प्रचण्डलगायत नेतालाई लक्षित गर्दै डुंगा समातेर बसिराख्नेहरू छुटेको बताए। उनले भने ‘डुंगा अगाडि बढ्न उहाँहरूले दिनुभएन। चाहनु भएन। डुंगा तानिरहनुभयो। तर डुंगा अगाडि बढ्यो। उहाँहरू छुट्नुभयो।’

उनले डुंगा रोक्न नेताहरूले नसकेको भन्दै समय, गति र अग्रगमनको डुंगा अगाडि बढेको बताए । ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्डको मामुली कार्यकर्ता मात्र भएको आरोप लगाए । ‘मलाई माधव नेपालको बारेमा केही भन्नु छैन। उहाँ प्रचण्डको मामुली कार्यकर्ता हुन जानुभएको छ। मलाई पदको लोभ छैन भन्नुहुन्छ। तर मलाई नगद चाहिन्छ पनि भन्नुहुन्छ,’ उनले भने, ’उहाँको बारेमा म कुनै कमेन्ट गर्दिनँ। बिचरा दुःखी मनमा हुनुहुन्छ। अलिक पछि, समय कति लाग्छ म भन्न सक्दिनँ।

 

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ५ : ३७ बजे