१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डेढ करोड फिरौती लिने अपहरणकारी १२ बर्षपछि पक्राउ


१५ पुस २०७७, बुधबार  

0
Shares


१५ पुस ०७७, काठमाडौं । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी सर्लाही हरिवन नगरपालिका ९ वतन भएका सोलेरकुमार भन्ने ३८ वर्षीय दुर्गा बहादुर बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
बाबुराजा रावललाई २०६५ पुस १ गते बुढाथोकी लगायत प्रल्हाद महत, बिष्णु जिसी, बङ्गुरे भन्ने बिकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, बिनोद कार्की र अनिल गुरूङ समेतको समूहले अपहरण गरी बन्धक बनाई ज्यान मार्ने धम्की दिई फिरौती बापत १ करोड ५० लाख रुपैंया लिई रावललाई पुस २ गते टोखा पु¥याई छोडेर फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले इलाम सूर्योदय नगरपालिका २, पशुपतिनगर टोलबाट पक्राउ गरेको हो ।
साथै बानेश्वरस्थित एभरेष्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी पक्राउ परेका दुर्गा बहादुर २०६४ वैशाख २५ गते महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासत कक्षबाट ग्रील तोडी फरार रहेको तथा त्यसअघि र पछि पनि विभिन्न आपराधिक घटनाहरु समेतमा संलग्न भई फरार रहेका थिए ।
प्रहरीको खोजीमा रहेका उनले आफ्नो पहिचान समेत बदली ‘प्रकाश क्षेत्री’ को नामले परिचित भई भारतको दार्जिलिङ बजारमा ‘प्रकाश स्टोर्स’ नामक कपडाको होलसेल पसल संचालन गरी बसेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको व्युरोले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।