६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मुख्यमन्त्री राईद्वारा अविश्वासको प्रस्ताव ल्याउने १५ सांसदलाई निलम्बन


१६ पुस २०७७, बिहिबार  

0
Shares

१६ पुस ०७७, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई निलम्बन गरेका छन् ।
नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश १ को मुख्यमन्त्रीमा सिफारिस गरेका भीम आचार्यसहित १५ सांसदलाई मुख्यमन्त्री राईले निलम्बन गरेका हुन् । बिहीबार आचार्यलाई संसदीय दलको नेता चयन गरी प्रचण्ड–माधव नेकपा समूहले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएको थियो।

निलम्बनमा पर्नेहरुमा भीम आचार्यसँगै राजेन्द्रकुमार राई, इन्द्र आङ्बो, मोहनकुमार खड्का, यशोदा अधिकारी, जीवन घिमिरे, विजयकुमार विश्वास, सावित्राकुमार रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ रहेका छन् ।

तीन महिनासम्म दलको कुनै पनि राजनीतिक क्रियालकलाप गर्न नमिल्ने गरी निलम्बन गरिएको छ। निलम्बन गर्दा दलको विधानको आधार बनाइएको विज्ञप्तिमा उल्लेख छ। राईविरुद्धमा ३७ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। अविश्वासको प्रस्ताव दर्ता गराउने १९ जना सांसदलाई दलको नेताको हैसियतमा राईको निर्देशनमा स्पष्टिकरण सोधिएको थियो ।

स्पष्टिकरण सोधिएकामध्ये १५ जनालाई तीन महिनाका लागि संसदबाट निलम्बन गरिएको हो। मुख्यमन्त्रीको निलम्बनको पत्रमा भनिएको छ, ‘ नेकपा संसदीय दलको विधान २०७६ को दफा २६ (ग) को (२) (४) बमोजिम आगामी तीन महिनाका लागि दलको कुनै पनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको छ । साथै संसदीय दलको सदस्य निलम्बन गरिएको व्यहोरा समेत जानकारी गराउँदछु ।’

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ४ : ३२ बजे