२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भूगोलपार्कमा मूर्ति प्रतिस्थापन कार्य रोक्न सर्वोच्चको आदेश


२६ पुस २०७७, आइतबार  

0
Shares


२६ पुस ०७७, काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंको भूगोलपार्कमा नेपालमा रातो मत्स्येन्द्रनाथ ल्याउने राजा नरेन्द्र देव, तान्त्रिक बन्धुदत्त आचार्य र ललित ज्यापूको मूर्ति प्रतिस्थापन गर्ने निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले शुक्रबार उक्त स्थापनमा मूर्ति निर्माणका लागि शिलान्यास गर्ने कार्य यही पुस २९ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले यही पुस २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, कामपा वडा नं २२ को वडा कार्यालय र भूगोलपार्क सुधार समितिलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले भूगोलपार्कमा मूर्ति प्रतिस्थापन गर्दा पाटन तःबहालकै अनुसार बनाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

भूगोलपार्कमा २०७५ साल माघ १२ गतेको निर्णयअनुसार नेपालमा रातो मत्स्येन्द्रनाथ ल्याउने राजा नरेन्द्र्रदेव, तान्त्रिक बन्धुदत्त आचार्य र रथचक्र ललितज्यापूको मूर्ति स्थापना गर्न लागिएको तर पाटन तःबहालमा स्थापना भएको मूर्तिको ठीक विपरीत मूर्ति बनाउन लागिएको रिट निवेदनमा उल्लेख थियो ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।