१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शंखमुलबाट चितुवाको छालासहित तीन पक्राउ


२७ पुस २०७७, सोमबार  

0
Shares

२७ पुस ०७७, ललितपुर । काठमाडौं शंखमुलबाट चितुवाको छालासहित तीन जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–१० शंखमुल क्षेत्रमा चितुवाको छाला बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका – ३ घर भइ बौद्ध बस्ने २८ वर्षीय अर्जुन जिरेल, कैलाली धनगढी नगरपालिका–७ का २२ वर्षीय राज कंडेल र भक्तपुर बस्ने ४८ वर्षीय जयबहादुर जिरेल छन्।

उनीहरूबाट प्रहरीले एक थान चितुवाको छाला बरामद गरेको हो। प्रहरीले उनीहरुमाथि थप अनुसन्धान तथा कारबाही गर्न जिल्ला वन कार्यालय पठाउने तयारी गरेको छ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।