७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज झन् बढ्यो कोरोना संक्रमण




२३ चैत ०७७, काठमाडौं । आज सोमबार देशभर पछिल्लो २४ घण्टामा झन् कोरोनाको संख्यामा बृद्धि भएको पाइएको छ । वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार २ सय ६६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो समय चार हजार ५ सय ३६ जनाको स्वास्थ्य परीक्षण गर्दा यो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७८ हजार २ सय १० पुगेको छ । पछिल्लो समय थप १ सय २ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ३ सय ४२ रहेको छ । निको हुने दर भने ९८ दशमलब ३ प्रतिशत रहेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८ सय ३२ रहेको छ । उनीहरुमध्ये ६४ जना क्वारेन्टिनमा छन् भने अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख ८२ हजार ८ सय २४ को पिसिआर परीक्षण भएको छ । तीन हजार ३६ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा पछिल्लो समय १ सय ३६ मा कोरोना सङ्क्रमण देखिएको छ । जसमा काठमाडौँमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ रहेका छन् । पछिल्लो २४ घण्टामा दुईको मृत्यु भएको छ भने चारको मृत्यु पुष्टि भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ७ : ३२ बजे