२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको गिम्दीमा आगलागीमा परी एकको मृत्यु



यो फाइल तस्विर प्रयोग गरिएको हो ।

२६ चैत ०७७, गिम्दी ललितपुर । बागमती गाउँपालिका ७ गिम्दीस्थित साहुमारा धराप डाँडा सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिने क्रममा यसै सथानमा बस्ने ५९ वर्षीय सन्तलाल सिङ्गारको आगलागीमा परी बुधबार दिउँसो मृत्यु भएको छ ।
वागमती गाउपालिका ७ का वडाध्यक्ष नवराज सञ्जेलका अनुसार मृतक सिङ्गार आफ्नो गोठ नजिक लागेको आगो निभाउन जाने क्रममा लडेर मृत्यु भएको हो ।
वडाध्यक्ष सञ्जेलका अनुसार उनको शव प्रहरीले पोष्टमार्टमका लागि पाटन अस्पतालमा लगेको छ । सम्भवतः आज पोष्ट मार्टम होला । वडाध्यक्ष सञ्जेलले ललितपुर खबरसँग भने ।
यस क्षेत्रमा ७ दिन देखि निरन्तर आगलागी भइरहेको । स्थानीय प्रहरीको सक्रियतामा आगो नियन्त्रणका लागि प्रयास भइरहे पनि सफल हुन नसकेको वडाध्यक्ष सञ्जेलको भनाई छ ।
पछिल्लो समय आगलागी फैलदै गएपछि आगो नियन्त्रण र स्थानीय खानेपानीको पाइप नष्ट भएको हुँदा अप्ठ्यारो परिरहेको छ ।

 

 

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।