२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भक्तपुरमा बिस्केट जात्राको रथ तान्दा १९ जना घाइते




२९ चैत ०७७, काठमाडौं । भक्तपुरमा बिस्केट जात्राको रथ तान्दा १९ जना घाइते भएका छन् । शनिबारदेखि सुरु भएको बिस्का अर्थात् बिस्केट जात्रामा भैरबको रथलाई तान्ने क्रममा रथबाट झर्दा, रथ तान्ने क्रममा र ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका हुन् ।

ढुङगा हानाहान भएपछि रथलाई आइतबार बिहान मात्रै गःहिटी पुर्याइएको छ । आठ रात नौ दिनसम्म मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । रथबाट खसेर ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षका दिपेश साँगाछें घाइते भएका छन् ।

त्यस्तै रथ तान्ने क्रममा मनिष सिन्ताकल, रमेश माता, अमिक त्वायना, सुनिल भुजेल घाइते भएको प्रहरीले जानकारी दिएको छ । अरु घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत उपचारपछि घर फर्किएका छन् । राती ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेको केहि घाइते भएका प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले छिटपुट घटना भएका र तोकिएका आवश्यक व्यक्तिहरूबाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा रथमा नचढ्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ९ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।