१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘काँग्रेसको महाधिवेशन प्रभावित पार्ने बहाना भइरहेको छ’



२९ चैत ०७७, काठमाडौ । काँग्रेस नेता प्रकाशमान सिंहले काँग्रेसको महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना भइरहेको बताएका छन् । नेता सिंहले आम नेता तथा कार्यकर्ता यो बेला चनाखो हुनुपर्ने बेला आएको विचार व्यक्त गरेका छन् ।

नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका हुन् । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज आइतबार काठमाडौंमा आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा उनले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध सबै नेता लाग्नु पर्ने बताए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहीसकेका सिंहले सरकारले जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोपसमेत लगाए । नेता सिंहले देशलाई सङ्कट पर्दा कांग्रेसले सधँै देश र जनताको हितमा काम गरेको स्मरणसमेत गर्दै अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिन काँग्रेस नेतृत्वमा सरकार निर्माण हुनुपर्ने भनाइ राखे । नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीलाई बलियो बनाएर अगाडि लैजानका लागि पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य हुनुपर्ने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ४ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।