७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुन पसलमा चोरीको प्रतिकार गर्दा पसलको गोली हानेर हत्या



©copyright : phuyal phuyal\lalitpurkhabar.com

३० चैत ०७७, सिरहा । सुन पसल चोर्ने क्रममा प्रतिकार गर्दा पसलको अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट ४५ वर्षीय पसले प्रदिप मिझारको आइतबार बिहान मृत्यु भएको छ ।
लहान नगरपालिका २३ गाढिया चोकमा सुन चाँदी पसल संचालन गरी बस्ने यसै नगरपालिका २२ सिसवनीका मिझारका गोलि हानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।
अपरिचित आधा दर्जनको समूहमा आएका युवाहरुले सुन चाँदी पसल गरी बसेको घरको ढोका फलामको हम्मर र छिनोले फोडी चोरी तथा लुटपाट गर्न लाग्दा यस समूहसँग प्रतिकार गर्दा उनीहरुले प्रदिपलाई गोली प्रहार गरेको तथा प्रदिपकै श्रीमती ३५ वर्षीया अनिता कुमारी दुलाललाई खुकुरी प्रहार गरी घरभित्र रहेको ३ तोला सुन, ७ केजी चाँदी, महिलाले खुट्टामा लगाउने दुई जोर ६० तोला चाँदीको काडा र नगद २ लाख ५० हजार रुपैयाँ लुटपाट गरी भागेका थिए ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले घटनामा संलग्न लहान नगरपालिका ७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरीलाई घटनास्थलबाट भाग्दै गरेको अवस्थामा १ थान फलामको छिनो सहित र सोही नगरपालिका २३ गढिया बस्ने
२९ वर्षीय सूर्य सहनीलाई समेत पक्राउ गरेको छ ।
घटनामा गम्भीर घाइते भएका प्रदिपको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । साथै घाइते अनिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा समेतबाट खटिएको प्रहरीले घटना संलग्न हाल फरार अन्य व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ८ : ५७ बजे