३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोंगबुको टहरामा आगलागी



प्रतिकात्मक तस्बिर

३१ चैत ०७७, काठमाडौं । काठमाडौं गोंगबुको एक टहरामा मंगलबार दिउँसो आगलागी भएको छ।
रौतहट घर भएका श्यामनारायण यादवको टहरामा आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक ‍रोशन खड्काले जानकारी दिए। उनले दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको बताए।

उनले मानवीय क्षति नभएको तर,घरभित्रको सामान भने जलेर करिब तीन लाख बराबरको क्षति भएको बताए।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ७ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।