१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मी नगरपालिकाका सबै विद्यालय वैशाख मसान्तसम्म बन्द




६ वैशाख ०७७, ललितपुर । महालक्ष्मी नगरपालिकाका सबै विद्यालय आजदेखि यही वैशाख मसान्तसम्म बन्द गरिएका छन् । कोभिड–१९ को दोस्रो चरण बढ्दै जाँदा विशेष गरी बालबालिकामा सङ्क्रमण बढ्दो गतिमा देखिएकाले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरिएको हो ।

विद्यालय सञ्चालन नगरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण गर्ने वा गरिने, कक्षा ८ र १० पूर्व निर्धारित परीक्षा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाइका साथ पालना गरी यही वैशाख १५ गतेभित्र सम्पन्न गर्नुपर्ने, हरेक विद्यालयले स्वास्थ्य सुरक्षा पालना गरे वा नगरेका विषयमा नियमित अनुगमन गरिने शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेलले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।