७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता




८ वैशाख ०७७, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको छ । काठमाडौंको एक होटलमा बुधवार भेटवार्ता भएको हो । भेटवार्तामा सहमति भए÷नभएकोबारे नेताहरूले केही बताएका छैनन् ।

आज भएको भेटसँगै ओली र नेपालबीच लामो समयको संवादहीनताको अवस्था तोडिएको छ । गएको चैत ३ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटवार्तापछि आज ओली र नेपालबीच पहिलो पटक भेटवार्ता भएको हो ।

भेटमा बिग्रिएको सम्बन्धलाई सुधार गर्ने र सकभर पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको छ । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्तालाई महत्त्वका साथ हेरिएको छ ।

मङ्गलवार प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सङ्घीय सांसद र चार जना प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेपछि आज नेता नेपालले ओलीलाई भेटेका हुन्। नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी बनाइरहेको छ । तर पार्टी एकता जोगाउन मध्यम तहका नेताहरूले अध्यक्ष ओलीलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ९ : १६ बजे