३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पशुपतिनाथमा नित्य पूजा मात्रै, सर्वसाधारणको प्रवेशमा रोक




९ वैशाख ०७७, काठमाडौं । नयाँ प्रकार भेरियन्टको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि पशुपति नाथमा सर्वसाधारणले गर्ने पूजा र दर्शनमा रोक लगाइएको छ ।
पशुपति क्षेत्र विकास कोषले वैशाख १० गते शुक्रबारदेखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको जनाएको छ ।

कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बिहीबार ‘जरुरी सूचना’ जारी गर्दै नेपाल सरकारले जारी गरेको आदेशानुसार शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको जानकारी दिएका छन् । कोषाध्यक्ष थापाका अनुसार सर्वसाधारणलाई पशुपतिनाथको मुख्य मन्दिरमा प्रवेश गर्न समेत रोक लगाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ६ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।