७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गृहमन्त्री वादलको ठाँउमा जेठ ६ गते उपनिर्वाचन हुँदै



१० वैशाख ०७८, काठमाडौं । एनेकपा माओवादीको कारवाहीका कारण केही दिनअघि राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा बादलको ठाउँमा उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार आगामी जेठ ६ गते उपनिर्वाचन हुने भएको हो । गतआइतबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार बादलको सांसद पद रिक्त भएको घोषणा गरेका थिए ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था अनुसार निर्वाचन हुन लागेको हो ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ५९ बजे