७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय




१३ वैशाख ०७८, काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार निर्णय गरेको हो ।
विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई(मधेस तथा हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ ।

उपत्यकाकामा निशेषज्ञा जारी भइरहेको छ । बाँके, बर्दिया र सुर्खेतमा पनि निशेषज्ञा छ । मोरङ, पर्सा, कास्की, दाङ र रुपन्देहीमा पनि संक्रिय संक्रमितको संख्या ५०० बढी छ भने कैलालीमा ४५८ र चितवनमा ४८८ छन् ।

मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ । अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुलाई १० दिन होम क्वारेन्टिन र विदेशी नागरिकलाई होटल क्वारेन्टिनमा राखिनेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : ३० बजे