१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेभञ्ज्याङबाट संरक्षित जिउँदो उल्लु चरासहित एक पक्राउ




१४ वैशाख ०७८, बनेपा । प्रहरीले संरक्षित जिउँदो उल्लु चरासहित एक जनालाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–९ विपी राजमार्गस्थित काभ्रेभञ्ज्याङमा जाँचका क्रममा उल्लु चरोसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए । पक्राउ पर्नेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका–२ भिरकोट का ३४ वर्षीय केशर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनका अनुसार बिपी राजमार्ग सडकखण्डमा विभिन्न सवारी साधन तथा हिँडडुल गर्ने शङ्कास्पद व्यक्तिको जाँचका क्रममा सोमबार दिउँसो भकुण्डेबाट धुलिखेलतर्फ हिँड्दै आइरहेका श्रेष्ठलाई शङ्कास्पदरूपमा फेला पारेपछि जाँचका क्रममा लुकाइछिपाइ ल्याएको जिउँदो उल्लु चरासहित फेला परेको हो । नियन्त्रणमा लिइएका श्रेष्ठलाई बरामद गरिएको चरासहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल पठाइएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।