७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार




१४ वैशाख ०७८, काठमाडौं । कोरोना संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ ।
उनीहरु शनिवार(बैशाख ११ गते) दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएका थिए । कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो ।
उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन ।
उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
उनीहरु तीनैजनामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ६ : २८ बजे