७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वरानी कोमल आइसियुमा, पुर्वराजालाई अक्सिजन र पूर्वअधिराजकुमारीको अवस्था सामान्य



फाइल तस्बिर

१७ वैशाख ०७८, काठमाडौं । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल आईसियुमा उपचार भइरहेको छ ।
अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । शाहलाई अहिले अक्सिजनको सामान्य प्रयोग गरिएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजन दिनुपरेको छैन । उनीहरु तीनै जना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालका अनुसार पुर्वरानी कोमल शाहको प्लाजमा थेरापीबाट बिहीबार साँझदेखि उपचार थालिएको छ ।
नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्ष(आसियु)मा सारिएको थियो ।
त्यसको केही दिनअघि राजपरिवारका सदस्यहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

 

 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ११ : २८ बजे