७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्रिपरिषद् बैठक आज बस्दै




१९ वैशाख ०७७, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्नेछ ।

बैठकले के के विषयमा निर्णय गर्ने भन्नेबारे खुलाइएको छैन । आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा छलफल केन्द्रीत हुन सक्ने र आवश्यक निर्णय आउन सक्ने एक मन्त्रीले बताएका छन् । बैठकले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसलाई पारित गर्ने सम्भावना रहेको छ ।

सीसीएमसीले निषेधाज्ञाको समयमा गाडीको चापलाई कम गर्न बैंक तथा वित्तीय संस्थाका एक चौथाई शाखाहरु मात्रै सञ्चालन गर्न सिफारिस गरेको छ । त्यसमा पनि एक चौथाई कर्मचारी राख्नु पर्ने र त्यसको सहजीकरण नेपाल राष्ट्र बैंक गर्नुपर्ने भनिएको छ ।

सीसीएमसीले सरकारी कार्यालयमा पनि एक चौथाई मात्रै कर्मचारी राखेर सञ्चालन गर्न सिफारिस गरेको छ । यस्तै बैठकले होटेल क्वरेण्टीन नियम पालना नगर्नेलाई कानुनबमोजिम जरिवाना गर्ने तथा होटेल क्वरेण्टीनको व्यवस्थापनमा लापरबाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १ : ४४ बजे