२० वैशाख ०७८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक रूपमा अक्सिजनका सिलिन्डर होल्ड गरेर नराख्न अनुरोध गरेको छ । सोमबार देशभरिका सबै अस्पतालहरूलाई निर्देशन दिदैँ मन्त्रालयले अनावश्यक रूपमा अक्सिजन सिलिन्डर होल्ड नगर्न भनेको हो । पछिल्लो समय नेपालमा कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै अस्पताल भर्ना हुनेको संख्या पनि बढेको र अक्सिजन अभाव देखिएको छ ।
नयाँ भेरियन्टको कोरोना संक्रमणका कारण संक्रमितलाई अक्सिजन आवश्यक हुने भएको त्यसको सहज व्यवस्थापन गर्न सबै अस्पताललाई निर्देशन दिएको छ ।
खाली राखिएका अक्सिजन सिलिन्डर अनावश्यक रूपमा होल्ड नगरी समयमै भरेर राख्न र आवश्यकताअनुसार अस्पतालसँग समन्वय गरी व्यवस्थापन गर्न भन्दै मन्त्रालयले पत्र पठाएको हो । त्यस्तै, सर्वसाधारणहरूले अक्सिजन सिलिन्डरहरू अनावश्यक रूपमा जोखिमपूर्ण तरिकाले सञ्चित नगर्न वा प्रयोग नगर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया