१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चितवन र हेटौँडामा कोरोना सङ्क्रमितको मृत्यु



सङक्रमित व्यक्तिको मृत्युपछि पशुपतिस्थित शवदाह गृहमा शव व्यवस्थापन गर्न लैजाँदै नेपाली सेनाको गोरखकाली गुल्मका महिला । तस्बिरः सौजन्य ः नेपाली सेना/रासस

२१ वैशाख ०७८, काठमाडौैं । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक÷एक जना छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका २५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई वैशाख १९ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टिपछि कोरोना सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान ५ः३५ बजे मृत्यु भएको हो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका ९ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते मेडिकल कलेजमा आएका थिए । उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपश्चात अस्पतालमा उपचारका क्रममा उनको मङ्गलबार राति २ः३० बजे मृत्यु भएको हो ।

अर्घाखाँचीको भूमिकास्थानका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान–१ का ४२ वर्षीय पुरुष रहेको चितवन मेडिकल कलेजले जनाएको छ । कलेजका अनुसार श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते अस्पताल आएका उनको राति २ः०२ बजे मृत्यु भएको हो । उनमा वैशाख २० गते बुटवलको नेशनल प्याथोल्याबमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
हेटौँडा अस्पतालमा थप एकको मृत्यु
मकवानपुर कोरोना सङ्क्रमणका कारण हेटौँडा अस्पतालमा थप एकजना पुरुषको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका ५ बस्ने ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हेटौँडा अस्पतालका कोरोना इन्चार्ज डा सागर काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार गत वैशाख १५ गते अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । उनमा वैशाख १४ गते नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यससँगै हेटौँडा अस्पतालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ६ पुगेको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १२ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।