१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


निषेधाज्ञामा पनि काष्ठमण्डप पुनःनिर्माण नरोकिने



फाइल तस्बिर

२२ वैशाख ०७८, वसन्तपुर काठमाडौं । निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको यस ऐतिकासिक सम्पदाको पुनःनिर्माण गर्नका लागि कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम गरिरहेका छन् ।
पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेपछि निर्माणको काम नरोक्ने तर कामदारबीच दूरी कायम गर्ने सहमतिअनुरुप काम भइरहेको हो । यही वैशाखभित्र पुनःनिर्माणको काम सकी उद्घाटन गर्ने तयारी रहे पनि छानो छाउने काठ समयमै उपलब्ध नहुँदा पुनःनिर्माणको काम सक्न अझै केही समय लाग्ने भएको छ ।
पुनःनिर्माणको कामअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । छानोकै लागि रौतहटबाट ल्याइएका काठ हेटौँडामा आइपुगेको छ । आठसय क्युफिट (घनफिट) काठ चिरेर ल्याउनुपर्ने भएकाले सोहीअनुरुप ल्याउने तयारी भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिएका छन् ।
यस सम्पदाको हालसम्म पुनःनिर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ । छानाका लागि आठ हजार क्युफिट काठ आवश्यक पर्दछ । पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप तीन वर्षअघि पुनःनिर्माणका लागि क्षमापूजा गरिएको थियो ।
काष्ठकाण्डप ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले सहयोग गर्दै आएको छ । सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको हो । केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १२ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।