१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यी हुन् निषेधाज्ञा जारी गरिएका ५६ जिल्ला, ४१ जिल्ला पूर्ण बन्द




२३ वैशाख ०७८, काठमाडौं । कोरोनाको सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ। वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ५६ जिल्लामा पुगेको छ। त्यसमध्ये ४१ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक आदेश जारी भएको छ।

बुधबार साँझसम्म ५६ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ। पछिल्लो तथ्यांकमा दोलखामा जिल्ला भर र इलाम, धनकुटा र सिन्धुपाल्चोकमा केही ठाउँमा निषेध आदेश जारी गरिएको मन्त्रलायले जनाएको छ । त्यस्तै आदेश जारी भएका अन्य जिल्लामा म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, र नवलपरासी पश्चिम रहेको छ । त्यसमध्ये तनहुँ र म्याग्दीमा क्षेत्र तोकेर आंशिक आदेश जारी भएको छ।

नवलपरासी पश्चिममा बुधबारदेखि आदेश लागू भइसकेको छ भने म्याग्दी, मुगु र तनहुँमा बुधबार राति १२ बजेदेखि लागू भएको छ। बारा र सिरहामा आज बिहान ६ बजेदेखि लागू भएको छ।

सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ। अहिले बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ र गुल्मीमा निषेधाज्ञा लागू गरिएको छ।

यस्तै प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ र बैतडी, नुवाकोट, धनुषा, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, दैलेख, अर्घाखाँची र रोल्पामा पनि आदेश कार्यान्वयनमा छ । त्यसमध्ये बाग्लुङ, दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, कालिकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ, तनहुँ र म्याग्दी आंशिक निषेधाज्ञा छ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ११ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।