१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा निषेधाज्ञा अवज्ञा गर्ने ७७ जनालाई कारवाही



निषेधाज्ञा अवज्ञा गर्ने पुरुषलाई पक्राउ गर्दै प्रहरी ।

ललितपुर खबर
२३ वैशाख ०७८,ललितपुर । निषेधाज्ञा अवज्ञाा गरेको अभियोगमा ललितपुरका विभिन्न स्थानमा प्रहरीले ७७ जनालाई कारवाही गरेको छ ।
महानगरिय प्रहरी परिसरका प्रहरी उपरिक्षक एवं प्रवक्ता प्रज्वल महर्जनका अनुसार बुधबार विहान ५ बजेदेखि साँझ ५ बजेसम्म चेक गर्ने क्रममा १२५ वटा मोटर साइकल र १९५ गाडी होल्ड गरिउको थियो । प्रवक्त महर्जनका अनुसार ३७५ जना महिला र १ हजार १७५ पुरुष गरि जम्मा १ हजार ५७० जना अनावश्यक हिडडुल गरेको पाइएपछि सम्झाई बुझाई छोडिएको थियो । यस क्रममा २४ जनालाई मास्क समेत वितरण गरिएको थियो ।
प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तीमा अनावश्यक हिडडुल गर्नेलाई संक्रमक रोग ऐन २०२० अनुसार कारवाही गरिने उल्लेख छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ९ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।