७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अन्तर्राष्ट्रिय उडान बन्द, चार्टर्ड र उद्धार उडान भने सञ्चालन गर्न सकिने




२४ वैशाख ०७८, काठमाडौं । अन्तर्राष्ट्रिय उडान बिहीबार रातिदेखि बन्द भएका छन् ।

कोरोना भाइरसको महामारी बढेपछि सरकारले सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । तर भारतबाट भने बबल सम्झौताका आधारमा हप्तामा दुई वटा उडान हुनेछन् । दुई देशका नागरिक र कूटनीतिक नियोगका कर्मचारीलाई मात्रै बोक्न पाउने उडानलाई बबल उडान भनिन्छ ।

हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्नेछ । मन्त्रिपरिषद्को वैशाख १९ गतेको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान स्थगन गर्ने निर्णय गरेको थियो । आन्तरिक उडान २० गतेदेखि नै बन्द भएका छन् ।

नियमित उडान बन्द भए पनि चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले जनाएको छ । चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउनेरजाने यात्रुहरूको बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ७ : ४२ बजे