१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


इन्जेक्सन कालोबजारीेको अभियोगमा टोखाबाट एक जना पक्राउ




२३ वैशाख ०७८, काठमाडौं । रेम्डिसिभिर इन्जेक्सन कालोबजारी गरेको अभियोगमा काठमाडौं टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका ४ घर भएका २५ वर्षीय रफिक मियालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाबाट संक्रमितलाई आवश्यक पर्ने रेम्डिसिभिर इन्जेक्सन कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले करिब ३० हजार रुपैयाँ मूल्य पर्ने ६ थान रेम्डिसिभिर इन्जेक्सन १ लाख २० हजारमा किनबेच गर्ने भनि बार्गेनिङ गरी बसुन्धाराबाट उनलाई यस रेम्डिसिभिर इन्जेक्सन सहित पक्राउ गरेको हो ।
मियाले काठमाडौं महाराजगञ्जस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दिपक ढकालसँगको मिलेमतोमा यो औषधि ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएपछि यस फर्मा सिल गरी हाल फरार रहेका दिपकको खोजी भइरहेको यस महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ८ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।