२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ज्यापु समाज वृद्धाश्रममा ललितपुर महानगरको १ सय १० शैय्याको आइसोलेसन




२५ वैशाख ०७८, ललितपुर । ललितपुर महानगरपालिकाले ज्यापू समाजको वृद्धाश्रममा १ सय १० शैय्याको आइसोलेसन सेन्टर शुरू गरेको छ। ललितपुर महानगरपालिका, ज्यापु समाज र सुन्दर ढोका साथी सेवाबीच त्रिपक्षीय सम्झौतापछि उक्त सेन्टर शुरु भएको हो।
सम्झौता पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन ,ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन, सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विकास अधिकारीले हस्ताक्षर गरेका छन् ।

महानगरपालिकाको वडा नं ४ स्थित बागडोलमा रहेको उक्त आश्रम भर्खरै निमार्ण सम्पन्न भएको हो । सुन्दर ढोका साथी सेवाले उक्त आइसोलेसन सेन्टरका लागि खाना उपलब्ध गराउनेछ ।

महानगरले नेपाल युथ फाउन्डेसनको नेपाल पुनर्थापना केन्द्रमा एक साता अघि नै आइसोलेसन सेन्टर सुरु गरिसकेको छ । यो सहित महानगरले संचालन गरेको आइसोलेनमा एक सय ६० शैय्या भएका छन्।

सम्झौता पत्रका हस्ताक्षर गर्दै महानगरप्रमुख महर्जनले महानगरवासीको स्वास्थ्य र सुरक्षामा कुनै कमी हुन नदिने बताए । पहिलो प्राथमिकता कोभिड महामारीबाट नागरिकलाई बचाउनु भएको स्पष्ट पारे ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ३ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।