२६ वैशाख ०७७, काठमाडौं । गएकोे २४ घण्टामा ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको हो ।
यो अवधिमा कोरोना संक्रमणपछि ५२ जनाको मृत्यु भएको मन्त्रालले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौत्तमले बताएका छन् । अरु समयमा र सरकारी तथ्याङ्क बाहेक समयत गरेर आइतबार मृतक संख्या ८८ रहेको बताइएको छ ।
प्रतिक्रिया