२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको महालक्ष्मी नगरमा २१ जना कोरोना संक्रमित फेला



२६ वैशाख ०७८, ललितपुर । महालक्ष्मी नगरपालिकामा २१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । नगरपालिकाका अनुसार आइतबार नगरको वडा नं. २ मा रहेको गम्भीर समुन्द्र सेतु स्कुलमा ८८ जनाको क्लोज कन्ट्राक्ट पहिचानमा आधारमा गरिएको एण्टीजेन परिक्षणपछि यो संख्यामा कोरोना संक्रमित फेला परेको नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले जानकारी दिएका छन् ।
पछिल्लो समय नगरपालिकाले कोरोना संक्रमितहरुका लागि नगर क्षेत्रभित्रका कोरोनाका विरामीहरुको सुविधाका लागि ‘निःशुल्क एम्बुलेन्स सेवा’ सञ्चालन गरिरहेको मयर श्रेष्ठले बताए । यस नि ः शुल्क सेवा गएको १५ दिनमा ७१ जना नगरवासीहरूले लाभ लिइसकेको नगरपालिकाले उनको भनाई छ । निशुल्क एम्बुलेन्स सेवा आवश्यक पर्ने कोरोना संक्रमित विरामीहरुले नगरपालिकामा सम्पर्क गरेर लाभ लिन सक्ने जानकारी दिएको छ । साथै नगरपालिकाले नगरपालिकाभित्र कोरोनाबाट संक्रमित भई होम आईसोलेसनमा रहका संक्रमितहरुका लागि निःशुल्क चिकित्सक परामर्श सेवा समेत उपलव्ध गराएको जानकारी दिएको छ । अहिलेसम्म यो सेवा नगरभित्रका नागरिकबाट ४३७ जना र नगर बाहिरका नागरिकहरु १३ जना गरी जम्मा ४५० जनाले फोन सम्पर्क गरी सेवा लिएको जानकारी दिएको छ ।
साथै नगरपालिकाले महालक्ष्मी नगरपालिकाबाट कोरोनाको महामारीका कारण मानसिक रूपमा प्रभावित व्यक्तिहरूका लागि सञ्चालनमा ल्याएको निःशुल्क मनोसामाजिक परामर्श सेवाबाट अहिलेसम्म ५ जनाले फोन मार्फत र १ जनाले इमेल मार्फत गरी जम्मा ६ जनाले सेवा उपभोग गरेको जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।