२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विजुलीबजारको आर्क ब्रिज मुनीको ट्रयाक तत्काल खुल्ने




२८ वैशाख ०७८,काठमाडौं । उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला करिडोर स्थित विजुलीबजारको आर्क ब्रिज मुनीको ट्रयाक तत्काल व्यवस्थित गर्ने बताएकी छिन् ।
सोमबार धोबीखोला करिडोरको २४ किलोमिटर लामो बाटो निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुगेकी विकास आयुक्त ढकालले बिजुलीबजार पुल मुनीको बाटो तत्काल बनााउन निर्देशन दिएकी हुन् ।
करिब ६ महिनाअघि शहरी विकाुमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोर निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुग्दा बन्द रहेको ट्रयाक तत्काल खोल्न आग्रह गरेका थिए । त्यसको करिब १५ दिनपिछि यो ट्रयाक खुलेको थियो ।

ट्रयाक खुलेपनि खानेपानीको पाईपको कारण व्यवस्थित नभएपछि पुनः समस्या आएको थियो । समस्या सुनुवाई गर्न बिजुलीबजार पुलमुनीको बाटो निरीक्षण गर्न पुगेकी विकास आयुक्त ढकालले सकेसम्म चालु आबमा यो ट्रयाकलाई व्यवस्थित बनाउने जानकारी दिइन् । भनिन्, ‘राजधानीको सावारी जाम कम गर्न महत्वपुर्ण धोबीखोला करिडोरको क्षेत्रमा समस्या देखिएका सबै बाटो खोल्नेछौ ।’
‘जहा समस्या देखिएको छ । सो स्थानमा आफु उपस्थित भएर गुनासो सुनुवाई गरी काम अघि बढाउने बताउदै विकास आयुक्त ढकालले भनिन् ‘आगामी आबमा धोबीखोला करिडोरको सबै काम पुरा गर्नेछौ ।’ धोबीखोला करिडोर आयोजनाका प्रमुख दिनेश पोते सहितको टोली संगै निरीक्षण गर्न पुग्नुभएकी ढकालले हाल देखिएको समस्या समाधान गर्न सबै सरोकारवाला, स्थानीय टोल सुधार समितिको बैठक बोलाएर निर्णय गर्ने बताइन् । हाल देखेको समस्या तत्काल सुमाधान गर्ने क्रममा आवश्यक परे मन्त्रालयको समेत सहयोग लिइनेछ उनको भनाई थियो ।
आयोजना प्रमुख पोतेले करिडोरको हालसम्म ९० प्रतिशत काम सम्पन्न भैसकेको जानकारी दिइन् । भनिन्,‘अब करिब ३० करोड रुपिया आवश्यक पर्ने देखिएको छ , आगामी आबमा सो बजेट प्राप्त भए सम्पुर्ण काम सक्नेछौ ।’
टोलीले बुढानिलकण्ठ नजिक रहेको तेस्रो चरणको कामको निरक्षण गरेको थियो । निरीक्षण गर्ने क्रममा आयोजना प्रमुख पोतेले करिब ३ बटा घरको मुआब्जा विवादको कारण निलोपुल क्षेत्रमा काम गर्न समस्या परेको बताइन् ।
करिब एकसाता अघि मात्र नियुक्ति भएकी विकास आयुक्त ढकालले आफुले उपत्याकावासीलाई महसुस हुने काम गर्ने जानकारी गराउदै आफ्नो पहिलो प्राथमिकता धोबीखोला करिडोर सम्पन्न गर्नु रहेको बताइन् ।
एघार वर्षअघि शुरु भएको यो आयोजनामा हालसम्म ३ अर्ब ११ करोड रुपिया खर्च भैसकेको छ । साढे ४ अर्ब रुपिया लागतमा सम्पन्न गर्ने योजना रहेको यो परियोजना अन्तर्गत हालसम्म २३ किमि सडक, करिब ३ किमि ढल व्यवस्थापन र निर्माण , र १८ किमि कालोपत्र गर्ने काम सम्पन्न भैसकेको छ ।
विकास आयुक्त ढकालले पहिलो चरणमा बिजुलीबजारको पुलमुनीको ट्रयाक निर्माण गरी सजिलै सवारी आवागमन भएपछि अन्य काम निरन्तर गर्दै लैजाने बताइन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।